निम्सदाइको अधुरै रह्यो जन्मथलोमा घर बनाउने योजना 

हार्ट एफ एम 87.6 मेघाहर्ज धरान 
              विश्व पर्वतारोहण क्षेत्रमा सबैभन्दा चर्चित नाममध्ये एक हुन् निर्मल पुर्जा ‘निम्सदाइ’ नेपाली मूलका बेलायती नागरिक पुर्जाले सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल ६ महिना ६ दिनमै आरोहण गरेर त्यतिबेलाको विश्व कीर्तिमान कायम गरेका थिए । ४३ वर्षीय पुर्जा पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रड पिकमा बिहीबार आएको हिमपहिरोमा परी अस्ताएका छन् । उक्त हिमपहिरोमा ‘निम्स दाई’सहित पुरबहादुर गुरुङ ‘युक्‍ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा, ग्यालु शेर्पाको निधन भएको छ।  उनीहरुसँगै ओमानकी नधिरा अहमद अब्दुल्लाह अल हार्थी, पाकिस्तानका सोहेल साखी र चीनका वाङ जोङ पनि थिए । निर्मल पुर्जाको जन्म २५ जुलाई १९८३ मा म्याग्दी जिल्लाको करिब १,६०० मिटर उचाइमा रहेको एउटा सानो गाउँ दानामा भएको थियो । उनका बुवा नन्दबहादुर भारतीय गोरखा सौनिक थिए । उनका बुबा र दाजुहरूजस्तै उनी पनि १८ वर्षको उमेरमा सन् २००३ मा ब्रिटिश गोरखा रेजिमेन्टमा भर्ती भएका थिए। त्यसपछि सन् २००९ मा बेलायतको स्पेसल बोट सर्भिस एसबीएस विशेष फौजमा आबद्ध हुनुभएको थियो। सन् २००३ मा ब्रिटिस सेनामा पुगेका पुर्जालाई सन् २०१८ मा रानी एलिजावेथले एमबीई प्रदान गरेकी थिइन् । 
निर्मल ०७९ फागुन २२ गते निर्मल जन्मथलो दाना आएका थिए । कतारकी राजकुमारी आश्मा अल्थानीलाई अन्नपूर्ण हिमाल आरोहणका लागि लैजाँदा दुई रात दानामा बिताएका थिए । त्यो बेला उनले स्थानीय जनप्रतिनिधी, आफन्त, गाउँका अगुवा र छिमेकीहरूसँग लामै कुराकानी गरेका थिए । त्यही बेला उनले म्याग्दी र गण्डकीका हिमाललाई विश्वमा चिनाउने योजना पनि गाउँलेलाई सुनाएका थिए । अफुले यहाँको मौलिक शैलिमा घर बनाई बस्ने योजना निम्सदाईसँगै अधुरै अस्ताए । निर्मलका बुबा नन्दबहादुरको तीन वर्षअघि र आमा पूर्णकुमारीको केही वर्षअघि निधन भएको थियो । 


 

प्रतिकृया दिनुहोस

कोशी प्रदेशमा  ‘उदय परियोजना’ मार्फत युवालाई ३० लाखदेखि ३ करोडसम्म सहुलियत ऋण

हार्ट एफ एम 87.6 मेघाहर्ज धरान                               कोशी प्रदेश सरकारले नवप्रवर्धन र उद्यमशीलताको प्रवर्द्धन गर्दै आर्थिक

लोबुचेमा हेलिकप्टर दुर्घटना, चालक सकुशल

हार्ट एफ एम 87.6 मेघाहर्ज धरान                               सोलुको  सगरमाथा आधार शिविर नजिकै रहेको लोबेचेमा अल्टिच्युड एयरको हेलिकप्टर

लोबुचेमा हेलिकप्टर दुर्घटना, चालक सकुशल

हार्ट एफ एम 87.6 मेघाहर्ज धरान                               सोलुको  सगरमाथा आधार शिविर नजिकै रहेको लोबेचेमा अल्टिच्युड एयरको हेलिकप्टर

↑