इटहरीमा ठूलो परिमाणमा लागुऔषध बरामद, ३ जना पक्राउ
हार्ट एफ एम 87.6 मेघाहर्ज धरान
सुनसरीको इटहरी उपमहानगरपालिका ८ गैसारस्थित कोठाबाट प्रहरीले ठुलो परिमाणमा लागुऔषध बरामद गरेको छ । लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले खानतलासी गर्दा पाँच हजार २७० क्याप्सुल ट्रामोल र पाँच हजार ५१० ट्याब्लेट डाइसाइक्लोमिन बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले बुधबार राति ९ बजे इटहरी–८ गैसारस्थित अभिषेक चौधरीको कोठामा खानतलासी गरेको थियो । सो क्रममा कोठाभित्र लुकाइछिपाइ राखिएको अवस्थामा उक्त लागुऔषध फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले लागुऔषध कारोबार गरेको आरोपमा इटहरी–८ का १८ वर्षीय अभिषेक चौधरी, १८ वर्षीय युगल सुन्दास र १५ वर्षीय रोहित चौधरीलाई पक्राउ गरेको छ । बरामद लागुऔषध सहित तीनै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय इटहरीमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सरकारी अनुदान मिलाइदिने भन्दै ठगी गर्ने २ जना पक्राउ
हार्ट एफ एम 87.6 मेघाहर्ज धरान कृषि फार्म सञ्चालनका लागि सरकारबाट सहुलियत अनुदान मिलाइदिने भन्दै ५ करोड ८० लाख ठगी गर्ने
चोरीको विवाद हुँदा एक वृद्धको हत्या, तीन जना पक्राउ
हार्ट एफ एम 87.6 मेघाहर्ज धरान मोरङको विराटनगर महानगरपालिका–६ मा चोरीको आरोपलाई लिएर भएको विवाद भएपछि ६९ वर्षीय
धनकुटामा एक वृद्धा आगलागीबाट जलेर मृत्यु
हार्ट एफ एम 87.6 मेघाहर्ज धरान धनकुटाको साँगुरीगढी गाउँपालिका–६, स्थित मुक्तेनमा आगलागीबाट जलेर एक जना वृद्धाको
प्रतिकृया दिनुहोस