धरान फिल्म फेस्टिभल – २०८३ को कार्यशालामा निशुल्क सहभागी हुन पाईने
आगामी मंसिर २७(२८ मा धरानमा आयोजना हुन लागेको पहिलो धरान फिल्म फेस्टिवल –२०८३ मा निःशुल्क कार्यशालाका लागि आवेदन खुलेको छ । आयोज विपी फोर इन्टरटेन्मेन्ट प्रा।लि।ले फेस्टिवलको आधिकारीक फेसबुक पेजमार्फत आवेदन फारम खुलेको जानकारी गराएको हो । कार्यशालामा तीन जना मेन्टरहरु लेखक तथा निर्देशक प्रदिप भट्टराई, कलाकार तथा निर्माता रविन्द्र सिंह बानिया तथा स्कृप्ट डाक्टर मनोज पण्डितले सहजीकरण गर्ने फेस्टिभलका निर्देशक विनोद विश्वकर्माले जानकारी दिए ।
उनका कार्यशाला तथा मास्टर क्लासमा कलाकार तथा निर्माता बानिँयाले चलचित्र उद्योग र करियरका अवसरहरू, कथा वाचन र चलचित्र निर्माणसम्बन्धी आधारभूत विषय, अभिनय र निर्देशनभन्दा बाहिरका भूमिका, प्रविधि, एआई र सिनेमाको भविष्य, चलचित्र व्यवसाय र उद्यमशीलता विषयमा सहजीकरण गर्नेछन् । त्यस्तै लेखक तथा निर्देशक भट्टराईले स्थानीय कथादेखि मुलधारको नेपाली सिनेमासम्म र स्कृप्ट डाक्टर पण्डितले चलचित्र निर्माताजस्तै कसरी सोच्ने भन्ने विषयमा सहजीकरण गर्नेछन् ।
कार्यशालामा सहभागी हुन इच्छुक सहभागीहरुले फेस्टिवलको वेबसाइटमा गएर निशुल्क रुपमा आवेदन दिन सक्ने इभेन्ट म्यानेजर आर।बी।कट्वालले जानकारी दिए । उनका अनुसार फेस्टिबलको वेबसाइटसँगै इभेन्ट व्यवस्थापन इभेन्टलयको वेबसाइट तथा एपबाट समेत नाम दर्ता गर्न सकिनेछ ।कार्यशाला पहिलो दिन दुई मेन्टर र दोस्रो दिन एक मेन्टरबाट सञ्चालन हुनेछ । जहाँ १८ देखि ४० वर्षसम्मका चलचित्र, लेखन, निर्देशनमा रुचि हुनेहरुले नाम दर्ता गर्न सक्नेछन् ।
कोशी प्रदेशलाई चलचित्र हब बनाउनका लागि कोशी भित्रका चलचित्र निर्माणमा रुचि राख्ने, लेखनमा रुचि राख्ने, युवा तथा नजआगन्तुक चलचित्रकर्मीलाई कार्यशालाले थप महत्वपूर्ण भूमिका खेल्ने निर्देशक विश्वकर्माले जानकारी दिए ।आवेदन १५ मंसिरसम्म भरिसक्नुपर्ने आयोजकले जनाएको छ ।
धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन
हार्ट एफ एम 87.6 मेघाहर्ज धरान -सन्देश तिमल्सीना धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन धरान ।
‘लालीबजार’ मा हाम्रो समुदायको भावनामा ठेस पुग्ने प्रसंग छैन – बादी समुदाय
हार्ट एफ एम 87.6 मेघाहर्ज धरान यस वर्षको पहिलो प्रतिक्षित चलचित्र लालीबजार’ को प्रदर्शन रोक्न वादी समुदायको तर्फबाट
‘जारी – २ सङ अफ च्याब्रुङ’ को ट्रेलर सार्वजनिक
हार्ट एफ एम 87.6 मेघाहर्ज धरान बर्ष २०८० कै सफल चलचित्र, १०० दिन मनाउन सफल चलचित्र ‘जारी’ को सिक्वेल “जारी–२” को
प्रतिकृया दिनुहोस