'जात्रै जात्रा' दोस्रो साता प्रवेश लगतै मोफसल टुर पोखरामा
अहिले देशभर चलचित्र 'जात्रै जात्रा' कै चर्चा छ । टेलिभिजन, एफ एम रेडियो, पत्रपत्रिका, अनलाईनमा मात्र नभएर मोबाईलको कलर रिङ ब्याक टोन र सडक-सडकमा 'जात्रै जात्रा'छाएको छ । नेपाली कथानक चलचित्र 'जात्रै जात्रा' का कलाकार र निर्माताले दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्ने उद्देश्यले मोफसल टुर गर्दै दर्शकसँग चलचित्र हेरेका छन् । मुख्यतः फिल्मको विषयमा जानकारी लिन् आयोजना गरिएको हल भिजिट मा पुर्व - विर्तामोड,दमक,इटहरी,विराट्नगर,धरान का सिनेमा हल हल मा गएर दर्श्क सङ्ग प्रत्यक्ष साक्षात्कार गरी फरिएका हुन।
देशभरका हलहरुमा गत साताबाट प्रदर्शनमा आएको यस चलचित्रको मोफसलका हलहरुमा दर्शकको प्रतिक्रिया बुझ्न आएका 'जात्रै जात्राका' निर्माताद्वय अनि कलाकारले दर्शकसँग बसेर चलचित्र हेरेका हुन् । चलचित्र हेरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै निर्माता बानियाले 'मोफसलका हलहरुमा दर्शकको उत्साहप्रद सहभागिता देखेर थप प्रेरणा मिलेको' बताए । 'चलचित्र प्रदर्शनमा आएदेखि नै मोफसलका हलहरुमा दर्शकको राम्रो उपस्थिति छ' उनले भने 'जसले गर्दा चलचित्रका सम्पूर्ण टिमलाई प्रेरणा मिलेको छ । जेष्ठ ३ बाट देश भर प्रदर्शनमा आएको चलचित्र ‘जात्रै जात्रा’ मा विपिन र वर्षाका अलावा दयाहाङ राई, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेललगायतका कलाकारहरुको अभिनय छ ।
'जात्रै जात्रा’ को राजधानीको मात्र रिपोर्ट राम्रो छैन । मोफसलमा सञ्चालित मल्टीप्लेक्स स्क्रिन र सिंगल थिएटर जताततै फिल्म हाउसफुल रहेको वितरकले जानकारी दिएका छन् । फिल्मले बम्पर ओपनिङ गर्नुलाई ब्रान्ड भ्यालु, स्टारपावर, गीतसंगीत र ट्रेलरको भूमिका महत्त्वपूर्ण मानिएको छ । दर्शकबाट राम्रो प्रतिक्रिया मिलेका कारण फिल्म बक्सअफिसमा लामो रेसको घोडा बन्ने देखिएको छ । ‘जात्रा’ जहाँ अन्त्य भएको थियो सिक्वेल त्यहींबाट सुरु हुन्छ । तीन वर्ष जेल जीवन विताएर फर्किएका विपिन र दुई रविन्द्रले अचानक १० केजी सुन भेटाएपछि त्यसलाई लुकाउन गर्ने जात्रामा फिल्म केन्द्रित छ । फिल्ममा जबरजस्ती हँसाउनकै खातिर संवादहरु प्रयोग गरिएको छ ।
‘जात्रा’ र ‘शत्रु गते’ मार्फत् आफूलाई सफल निर्देशकको रुपमा चिनाएका प्रदीप भट्टराई निर्देशित नयाँ फिल्म ‘जात्रै जात्रा' पुन्:शुक्रबार- जेष्ठ १० गटे बाट दोस्रो साता मा प्रवेश गरेको हो। दोस्रो साता मा प्रवेश गरे लगतै टिम मोफसल टुर - दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्ने उद्देश्यले हाल पोखरा पुगेको छ्न।


तपाईंहरुलाई भेट्न् तपाईंको शहरमा "जात्रै जात्रा"
जेष्ठ ११ - पोखरा
बाराही सिनेमा
मिड टाउन् ग्यालरिया
क्फ्क्स सिने प्लेक्स
बिन्दवासिनी सिनेमा घर

हरेक बुधबार राती ८ बजे देखी ९ बजे सम्म प्रसारण हुने कार्यक्रम
"बेथा भित्र को कथा" सुन्न अनी Download गर्न:-
https://www.youtube.com/channel/UCsKCH7LkVLt8wrrgeZYrA8g
धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन
हार्ट एफ एम 87.6 मेघाहर्ज धरान -सन्देश तिमल्सीना धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन धरान ।
‘लालीबजार’ मा हाम्रो समुदायको भावनामा ठेस पुग्ने प्रसंग छैन – बादी समुदाय
हार्ट एफ एम 87.6 मेघाहर्ज धरान यस वर्षको पहिलो प्रतिक्षित चलचित्र लालीबजार’ को प्रदर्शन रोक्न वादी समुदायको तर्फबाट
‘जारी – २ सङ अफ च्याब्रुङ’ को ट्रेलर सार्वजनिक
हार्ट एफ एम 87.6 मेघाहर्ज धरान बर्ष २०८० कै सफल चलचित्र, १०० दिन मनाउन सफल चलचित्र ‘जारी’ को सिक्वेल “जारी–२” को
प्रतिकृया दिनुहोस