लोबुचेमा हेलिकप्टर दुर्घटना, चालक सकुशल
हार्ट एफ एम 87.6 मेघाहर्ज धरान
सोलुको सगरमाथा आधार शिविर नजिकै रहेको लोबेचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ । लुक्लाबाट बिहानै विदेशी पर्यटक लिन गएको अल्टिच्युड एयरको अल्फा माईक सेरा कलसाइन भएको हेलिकप्टर लोबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा हिउँमा चिप्लिएर दुर्घटना भएको हो । हेलिकप्टरमा कुनै मानवीय क्षति भने नभएको जिल्ला प्रहरी प्रमुख डिएसपी मनोजित कुँवरले बताउनुभयो । बिहान ८ः१५ मा हेलिकप्टर दुर्घटना भएको पुष्टि भएको प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी पाण्डेले पुष्टि गर्नुभयो । पाइलट विवेक खड्कालाई कैलाश एयरको हेलिमार्फत लुक्ला ल्याइएको डिएसपी कुँवरले बताउनुभयो । हेलिकप्टरमा आगजनी नभएको र पल्टिएको अवस्थामा रहेको प्रहरीले जनाएको छ । खुम्बुमा बाक्लो हिउँ परेका कारण बिहानैदेखि हेलिकप्टरले पर्यटकको उद्धार गर्दै आएको थियो ।
निम्सदाइको अधुरै रह्यो जन्मथलोमा घर बनाउने योजना
हार्ट एफ एम 87.6 मेघाहर्ज धरान विश्व पर्वतारोहण क्षेत्रमा सबैभन्दा चर्चित नाममध्ये एक हुन् निर्मल पुर्जा ‘निम्सदाइ’ नेपाली
कोशी प्रदेशमा ‘उदय परियोजना’ मार्फत युवालाई ३० लाखदेखि ३ करोडसम्म सहुलियत ऋण
हार्ट एफ एम 87.6 मेघाहर्ज धरान कोशी प्रदेश सरकारले नवप्रवर्धन र उद्यमशीलताको प्रवर्द्धन गर्दै आर्थिक
लोबुचेमा हेलिकप्टर दुर्घटना, चालक सकुशल
हार्ट एफ एम 87.6 मेघाहर्ज धरान सोलुको सगरमाथा आधार शिविर नजिकै रहेको लोबेचेमा अल्टिच्युड एयरको हेलिकप्टर
प्रतिकृया दिनुहोस